काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म विक्री गरेको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद शेयर असोज २ गते बाँडफाँट गरेको हो ।
बाँडफाँटको अन्तिम मूल्य ११० रूपैयाँ रहेको जानकारी विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले दिएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर मात्र साउन ३० गते बाँडफाँट गरिएको थियो । सो अवधिमा वितरण नभएको शेयर कम्पनीले लिलामीमा विक्री गरेको थियो ।