images
images

सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोजको मिति तय


  • 345
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोजको मिति तय

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्डले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । फण्डले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

    फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई कर समेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रूपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट कर समेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।


    images
    images

    Logo