images
images

बुद्धभुमि नेपालले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


  • 588
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    बुद्धभुमि नेपालले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

    काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवा सहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।

    सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौता अनुसार क्यापिटलले बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ ।

    एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ । 
     


    images
    images

    Logo