images
images

कोदालोले हानेर श्रीमतीको हत्या, लगत्तै आत्महत्या


  • 531
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    कोदालोले हानेर श्रीमतीको हत्या, लगत्तै आत्महत्या

    धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।

    खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

    छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा  काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए ।


    images
    images

    Logo