काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२४ अंकले बढेर १ हजार ९ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २ सय ७२ स्त्रिक्रको १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४३ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ८५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका १ सय ८२ कम्पनीको शेयर मूल्य बढेको छ । ३६ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।
आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४८५ रुपैयाँ कायम भएको छ । त्यस्तै, ओरिएण्टल होटल्सको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा शुभव पावर कम्पनी रहेको छ । त्यस्तै, थीस्टार हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ । मेच्छियाम हाइड्रोपावरले ९.९८ प्रतिशतले बढेको छ । यस्तै, यस दिन बलेफी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने पञ्चकन्या माइ हा



