images
images

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 499
    SHARES
  • २०८० आश्विन २ गते मंगलबार

    सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । मंगलबार कम्पनीको ३  करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो । 

     सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको ९६ कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ४० लाख कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड २० कित्ता सुचीकृत भएको हो ।

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम १ सय ५८ रुपैयाँ ४१ पैसा देखि अधिकतम ४ सय ७५ रुपैयाँ २३ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo