काठमाडौं । मुक्तिनाथ विकास बैंकले करिब १ लाख कित्ता शेयर लिलामीमा राखेको छ । बैंकले कुल १ लाख ५ हजार ४१ कित्ता शेयर लिलामीका राखेको हो ।
सो लिलामीका लागि साउन १९ गतेदेखि भदौ २२ गतेसम्म आवेदन दिन सकिन्छ । सोृ शेयरका लागि सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । तर बाँडफाँट गर्दा भने संस्थापक शेयरधनीलाई पहिलो प्राथामिकतामा राखिनेछ ।
संस्थापक शेयरधनीले आवेदन नदिएको हकमा बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण हुनेछ । यसका लागि न्यूनतम ३ सय २५ रुपैयाँ मूल्य तोकिएको छ । मुक्तिनाथ क्यापिटलले यो शेयरको बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ ।