काठमाडौं । अन्तिम ५ मिनेट बजारको सुधारले शेयर बजार परिसूचक सकारात्मक भएको छ । कारोबार खुला भएदेखि नै घटेको शेयर बजार मध्य समयमा सुधार भए पनि फेरि घटेको थियो ।
अघिल्लो दिन ११६४ को अंकमा बजार बन्द भएको थियो । कारोबारको अधिकांश समय बजार यो विन्दुभन्दा तल नै रह्यो । अन्तिम ५ मिनेटको कारोबारमा बजार ५ अंकले बढ्यो । यसले गर्दा बजार सकारात्मक विन्दुमा पुग्यो ।
आज बजार ४.२६ अंकले बढ्दा १९६९.१८ अंकमा बन्द भएको छ । आज बजारमा ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
बजारमा आज १४९ कम्पनीको शेयर बढेर बन्द भएको छ । ६२ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।