काठमाडौं । सुनचाँदी बजारमा हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।