काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आईपीओ आगमी असोज २ गते अथात् मंगलबार विहान ९ बजे बाँडफाँड गर्ने भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले भदौ २१ गते विहीबारदेखि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २ सय ११ जनाले ३ करोड १३ लाख १६ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता, कर्मचारीहरुका लागि ५८ हजार ५ सय कित्ता र १ लाख ४६ हजार २ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।



