images
images

बैंक ब्याजदर वृद्धिको कारण शेयर बजार ४२ अंकले घट्यो


  • 940
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    बैंक ब्याजदर वृद्धिको कारण शेयर बजार ४२ अंकले घट्यो

    काठमाडौं । ब्याजदर वृद्धिको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । जसमा बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ ब्याजदर अनुसार ८ बैंकहरुले ब्याजदर बढाएका छन् भने ८ बैंकहरुले घटाएका छन्। ४ बैंकहरुले गत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। 

    बैंकहरुले ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याएका छन्। यसैको प्रभाव यस दिन बजारमा परेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.१४ अंकले घटेर १ हजार ९ सय ६४ दशमलव ९१ विन्दुमा पुगेको छ । आइतबार २ सय ७८ स्क्रिपको २ अर्ब २ करोड रुपैयाँ बरारबको ५६ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ । आइतबार  नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।

    आइतबार कारोबारमा आएका ११ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय १३ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको २ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको २ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको १ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६४ करोडमाथिको शेयर कारोबार भएको छ ।

    आइतबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा शुभम पावर रहेको छ । त्यस्तै, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । 

     


    images
    images

    Logo