images
images

आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन


  • 1.4K
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि २ कम्पनीले निवेदन दिएका छन् । निवेदन दिनेमा हिमालयन रि इन्स्योरेन्स र सान्भि इनर्जी रहेका छन् । 

    हिमालयन रि इन्स्योरेन्सले  १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    त्यस्तै, सान्भि इनर्जी लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमाा ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । बोर्डले आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेमा कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

     

     

     


    images
    images

    Logo