images
images

सानिमा इक्विटी फण्डको बुकक्लोजको मिति तय


  • 352
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    सानिमा इक्विटी फण्डको बुकक्लोजको मिति तय

    काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

    यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।

    फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक सानिमा बैंक लिमिटेड रहेको छ।


    images
    images

    Logo