images
images

नेपाल टेलिकमको चाडपर्व अफर साबर्जनिक, ३९९ रूपैयाँमा ३० जीबी डाटा उपलब्ध


  • 343
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    नेपाल टेलिकमको चाडपर्व अफर साबर्जनिक, ३९९ रूपैयाँमा ३० जीबी डाटा उपलब्ध

    काठमाडौं । तीज तथा संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ  । भोलि असोज १ गते सोमबार मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।

    यो अफर भदौ ३१ गतेदेखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ । टेलिकमका अनुसार अफर अन्तर्गत ४९ रुपैयाँ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

    त्यसैगरी ९८ रुपैयाँ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँ मा ७ दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रुपैयाँ मा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९  रुपैयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

    यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । 

    download 11.jpg

    त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराएको छ । यस अनुसार २०० रुपैयाँ देखि ४९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५०० रुपैयाँर सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । 

    आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमले जनाएको छ। 

     

     

     


    images
    images

    Logo