images
images

५०० मै रोकियो रिलायबल लाइफको शेयरमूल्य, ९०० भन्दा धेरैले बेचे


  • 2.1K
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    ५०० मै रोकियो रिलायबल लाइफको शेयरमूल्य, ९०० भन्दा धेरैले बेचे

    काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि सुरु भएको छ । शुक्रबार नेप्सेमा सुचीकृत भएको शेयर आइतबार पहिलोपटक दोस्रो बजारमा कारोबार भएको हो । 

    प्रिमियम मूल्यमा आईपीओ जारी गरेको रिलायबलको पहिलो कारोबार ४८६।६० मा भएको थियो । यो ओपन रेञ्जको माथिल्लो विन्दु हो । तर, त्यसपछि भने मूल्य अपेक्षित बढ्न सकेन । 

    यो समाचार तयार पार्दा (पौने १२ बजे) सो कम्पनीको शेयरमूल्य करिब ३ प्रतिशत बढेर ५०५ रुपैयाँमा कारोबार भएको छ । यो अवधिमा करिब ९०० जनाले शेयर बिक्री गरिसकेका छन् ।


    images
    images

    Logo