काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन्। यी दुबै कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन्।
यस अनुसार राप्ती हाइड्रोले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका अधिकतम ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ भने दोर्दी खोलाले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यी कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नेछन्। राप्ती हाइड्रोको भदौ २९ गते र दोर्दी खोलाको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेका हुन्।



