images
images

विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने


  • 444
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने

    काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि अथात् असोज १ गते बन्द हुने भएको छ ।  प्राधिकरणले एक सूचना जारी गर्दै सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।

    वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।

    NEA notice.JPG


    images
    images

    Logo