images
images

आफैंले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ हवल्दार निलम्बित


  • 557
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    आफैंले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ हवल्दार निलम्बित

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवल्दार निलम्बनमा परेका छन् । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

    ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।  ती नगर प्रहरीले भने आफूहरु बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका छन् ।

    महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । बुधबार उनीहरुलेअनुशासन विपरीत काम गरेको अभियोगमा सबै हवल्दारहरु निलम्बन गरेको हो । 


    images
    images

    Logo