images
images

अरुण काबेलीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


  • 675
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    अरुण काबेलीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अरुण काबेली पावर कम्पनीले भदौ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको हो।

    यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 


    images
    images

    Logo