काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सय ४६ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शुक्रबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ३९ जना, लेन अनुशासन १ सय ६४ जना र रेड लाइट ८७ जना, नम्बर प्लेट राम्रोसँग नराख्ने १८ जना, हाइ स्पिीट लेजरगन ४ सय ७४ जना चालक रहेका छन् । यस्तै १ हजार ८ सय ४६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।