images
images

गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न समिति गठन


  • 752
    SHARES
  • २०८० भाद्र ३० गते शनिबार

    गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न समिति गठन

    काठमाडौं । गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न समिति गठन भएको छ । सो घटनको लागि एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । 

    समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी रहेका छन् । 

    गएराति तिनकुनेस्थित गैह्रीगाउँमा रहेको एक काठ मिलमा काम गर्ने  एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको थिए । 

    प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

     


    images
    images

    Logo