images
images

चार वटा बैंकले गरे लाभांश घोषणा, कुनको कति ?


  • 935
    SHARES
  • २०८० भाद्र ३० गते शनिबार

    चार वटा बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

    काठमाडौं ।  वाणिज्य बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । जसमा ४ वटा बाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

    अहिलेसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    त्यस्तै, माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    त्यस्तै, एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ९ प्रतिशत र करसहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।

    माछापुच्छ्रे बैंकले भने लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ । बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते होटल पोखरा ग्राण्ड कास्कीमा बिहान ११ बजे बोलाएको छ ।

     

     

     


    images
    images

    Logo