काठमाडौँ । काठमाडौँको तीनकुने गैह्रिगाउँमा एकै ठाउँमा ४ जनाको हत्या भएको छ । शुक्रबार राती उनीहरुको हत्या भएको हो ।
हाल सबै मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनीहरुमा एक काठ मिलमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी पत्नीअम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।
उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । हत्याको कारण र अपराधीबारे प्रहरीले खोजीगरिरहेको जनाएको छ ।