images
images

मिड सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?


  • 1.2K
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    मिड सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

    काठमाडौं । मीड सोलु हाइड्रोपावरको आइपीओमा २८ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज पहिलो दिन २ लाख ४८ हजार ९ सय ५५ जनाले २८ लाख ५६ हजार ७ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । 

    यो मागभन्दा ४.५९ गुँणा बढी आवेदन हो । कम्पनीले आज शुक्रबार (भदौ २९ गते)देखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर जारी गरेको हो । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

    साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९ सय ६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४ सय २० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

    उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १२ गते हुनेछ। 


    images
    images

    Logo