images
images

संविधान दिवसमा विभूषण प्रदान नगर्ने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय


  • 480
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    संविधान दिवसमा विभूषण प्रदान नगर्ने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

    काठमाडौं । सरकारले यो वर्ष कसैलाई पनि विभुषण नदिने भएको छ। संविधान दिवसको दिन करिब ७र८ सय जनालाई प्रधान गर्दै आएको पदक तथा विभुषण यो वर्ष स्थगित गरिने भएको हो । 

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै पदकको गरिमा थप बढाउनेगरी व्यवस्था गर्न एक अध्ययन कार्यदल बनाउने निर्णय गरेको छ ।

    बैठकले साल्ट साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने, सिंचाई नीति २०८० स्वीकृत गर्ने, नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

    त्यस्तै, प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय समेत बैठकमा गरिएको छ । 

    त्यस्तै कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय समेत गरिएको छ । बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।

    यस्तै सिंचाई नीति, २०८० स्वीकृत गर्ने, संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

     


    images
    images

    Logo