images
images

प्रतिनिधिसभा बैठक दुई साताको लागि स्थगित


  • 454
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    प्रतिनिधिसभा बैठक दुई साताको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक दुई साताको लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले असोज महिनाको १४ गते अर्को बैठक बस्ने गरि आजको बैठक स्थगित गरेका हुन् । 

    वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सभालाई जानकारी गराएका थिए । त्यस्तै, हृदयघातका कारण निधन भएका प्रतिनिधिसभा सदस्य सुवास चन्द्र नेम्वाङको पद रिक्त भएको जानकारी गराइएको थियो । 

    आजको बैठकले केही नेपाल ऐन संशोधन गर्नका लागि बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको थियो । 


    images
    images

    Logo