images
images

हिमालयन लघुवित्तको शेयर संरचना परिवर्तन


  • 733
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    हिमालयन लघुवित्तको शेयर संरचना परिवर्तन

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गरिएको छ । यसअघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो । कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो ।

    संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर ३१ लाख ९८ हजार १ सय ८१ एवं साविक संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा क्रमश : ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरिएको छ । 

    जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको १६ लाख ३१ हजार७२ कित्ता र सर्वसाधारण समूहको १५ लाख ६७ हजार १ सय ८ कित्ता कायम भएको छ।  कम्पनीले आफ्नो शेयर संरचना परिवर्तनको लागि आवश्यक प्रक्रिया पुरा गरी नेप्सेलाई अनुरोध गरेपश्चात भदौ २७ को निर्णयले शेयर संरचना परिवर्तन गरिएको नेप्सेले जनाएको छ ।

    nepse.jpg

     

     

     


    images
    images

    Logo