काठमाडौं । राष्ट्रिय भूमि आयोगले ४५ जिल्लाका १२७ स्थानीय तहमा जग्गा बाँड्ने प्रक्रिया सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन भन्दै आयोगले ३५ दिने सूचना प्रकाशन गरेको हो ।
शुक्रबार आयोगले १३ जिल्लाका २४ स्थानीय तहका लागि पहिलोपटक सुचना जारी गरेको छ । यसअघि आयोगले ३२ जिल्लाका १०३ स्थानीय तहमा जग्गा बाँड्न आयोगले यअसघि नै सूचना प्रकाशित गरिसकेको थियो । ती जिल्लाहरुका लागि आज दोस्रोपटक सूचना जारी गरिएको छ ।
जग्गा प्राप्त गर्न चाहने त्यस्ता व्यक्तिले समबन्धित वडामा खटिएका लगत संकलकलाई तोकिएको ढाँचामा निवेदन बुझाउनुपर्ने जनाएको छ ।