images
images

डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी


  • 432
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी

    काठमाडौं । नेपाल  चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई  ७२ घण्टाभित्र कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ। ७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् । 

    ‘७२ घण्टाभित्र उक्त घटनामा सलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा संघले देशभर आकस्मिक सेवा बाहेकका अन्यू सम्पूर्ण सेवा बन्द गरेर आफ्नै ज्यानको ससुरक्षामा खटिन बाध्य हुनेछौं’ डा. तिवारीले भने, ‘यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वय हुनेछ ।’

    बुधबार राति सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । गत साउन २२ गते डेंगुको लक्षण लिएर अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई अस्पतालका चिकित्सकले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।

    त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका हुन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार ४ जनालाई पक्राउ गरेको छ ।

    त्यसैगरी, संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ । नेपाल चिकित्सक संघको माग प्रति नेपाल सरकारी चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ । सरकारी चिकित्सक संघले पनि आज विज्ञप्ती जारी गर्दै डा। थापा र बिडारी माथि कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

     

     


    images
    images

    Logo