images
images

सानिमा बैंकले घोषणा गर्यो लाभांश, कति दियो बोनस ?


  • 1.4K
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    सानिमा बैंकले घोषणा गर्यो लाभांश, कति दियो बोनस ?

    काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको हो । कम्पनीले कुल १४ दशमलव ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

    जसअनुसार ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको भदौ २८ दिउँसो ४ बजे बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


    images
    images

    Logo