काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले असोजको पहिलो साता साधारण सभा गर्ने भएको छ । सूचना प्रकाशित गर्दै क्यानले केन्द्रको नयाँ नेतृत्वका लागि असोज ५ र ६ गते काठमाडौंमा निर्वाचन गर्ने जनाएको हो ।
केन्द्रीय साधारणसभा तथा अधिवेशन २०८० भदौ ५ र ६ गते एभरेष्ट होटलमा हुने सूचनामा जनाइएको छ । उक्त सभाले केन्द्रको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नेछ । साथै लेखापरीक्षण प्रतिवेदन अनुमोदन, वार्षिक लेखापरीक्षणको लागि लेखा परीक्षकको नियुक्ति, विधानलगायत विषयहरुले समेत साधारण सभामा प्रवेश पाउने छन् ।
