images
images

मिड सोलु हाइड्रोपावरको आइपीओ निष्काशनकाे मिति परिवर्तन, अब कहिले खुल्छ ?


  • 471
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    मिड सोलु हाइड्रोपावरको आइपीओ निष्काशनकाे मिति परिवर्तन, अब कहिले खुल्छ ?

    काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन मिति परिवर्तन भएको छ। कम्पनीले सर्वसाधारणलाई आज भदौ २८ गते बिहिबारदेखि आईपीओ निष्काशन गर्ने भनेकोमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेसँगै अब भोलि भदौ २९ गतेबाट आईपीओ बिक्री खुला गर्ने जनाएको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकोा आइपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४ सय लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

    साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    कम्पनीले १४ हजार ९ सय ६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४ सय २० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

    उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा छिटोमा असोज २ गतेसम्म आवेन दिन सकिनेछ । ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo