images
images

नेम्वाङको शवयात्रामा ६ वटा रुटमा चल्ने यातायात ठप्प


  • 559
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    नेम्वाङको शवयात्रामा ६ वटा रुटमा चल्ने यातायात ठप्प

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रामा ६ वटा रुटमा चल्ने यातायात सेवा ठप्प भएको छ । नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाँदै गर्दा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म चल्ने यातायात बन्द गरिएको हो । 

    बिहीबार बिहान ११ बजे बालुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । 

    नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।


    images
    images

    Logo