images
images

लिबियामा बाढी : ६ हजारको मृत्यु, एकै शहरका तीसहजार बढी विस्थापित


  • 719
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    लिबियामा बाढी : ६ हजारको मृत्यु, एकै शहरका तीसहजार बढी विस्थापित

    काठमाडौं । पूर्वी लिबियामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ । आँधीसँगै मुसलधारे पानी पर्दा बाँध भत्केर आएको बाढीमा परि ६ हजारको मृत्यु र हजारौं बेपत्ता रहेको रेडक्रसले जनाएको हो । 

    लिबियाको पूर्वी प्रशासनले अहिलेसम्म डेरनामा मात्रै ५,३०० शव गणना भइसकेको र त्यो संख्या दोब्बर हुने अनुमान गरेको छ ।

    लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ ।

    “पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,” आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ । 

    गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका  दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।  

    यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए । 


    images
    images

    Logo