images
images

३९ अंकले बढ्यो नेप्से, परिसुचक २००७.०६ विन्दुमा 


  • 818
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    ३९ अंकले बढ्यो नेप्से, परिसुचक २००७.०६ विन्दुमा 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४८ अंकले बढेर २ हजार ७ दशमलव ६ विन्द्युमा पुगेको छ । बुधबार कारोबारमा आएका २ सय ७५ स्क्रिपको १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ । 

    भदौ ७ गतेपश्चात अर्थात ३ सातापछि नेप्सेले पहिलो पटक २००० को विन्दु पार गरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज २ सय १३ कम्पनीको शेयर मुल्य बढेको छ । ११ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।  

    आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बरुण हाइड्रोपावर रहेको छ । त्यस्तै,  शुभम् पावरको ९.९९ प्रतिशतले बढेको छ ।  त्यसैगरि, यस दिन समता घरेलु लघुवित्त र अरुण काबेली पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

     

     

     


    images
    images

    Logo