images
images

एक महिना फाइल अड्काएपछि सरकारले दियो २० हजार टन चिनी ल्याउने अनुमति


  • 1.1K
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    एक महिना फाइल अड्काएपछि सरकारले  दियो २० हजार टन चिनी ल्याउने अनुमति

    काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै सरकारले चिनी आयात गर्ने भएको छ । चाडपर्वको समयमा माग बढ्ने स्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार टनको प्रस्तावमा अर्थ मन्त्रालयले ५० प्रतिशत भन्सार छुट सहित २० हजार टनको स्वीकृति दिएको हो । 

    अर्थ मन्त्रालयले स्वीकृत गरेको २० हजार टन मध्ये १० हजार टन साल्ट ट्रेडिङ कर्पोरेसनले र १० हजार टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आयात गर्ने अर्थका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । 

    चिनी आयात गर्दा भन्सार महसुल ३० प्रतिशत तिर्नुपर्छ । सरकारले ५० प्रतिशत छुट दिँदा १५ प्रतिशत मात्रै भन्सार तिर्नुपर्ने हुन्छ । 


    images
    images

    Logo