images
images

चाँगुनारायणको युवा साकोसले लम्पी स्किन पिडित किसानलाई राहत दिने


  • 604
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    चाँगुनारायणको युवा साकोसले लम्पी स्किन पिडित किसानलाई राहत दिने

    भक्तपुर । भक्तपुर जिल्लामा रहेकाे युवा बचत तथा ऋण सहकारीले लम्पी स्किन रोगबाट पीडीत किसानलाई दिने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको छ । संस्थाको कार्यक्षेत्र सोही नगरका विभिन्न वडा रहेका छन् ।
     
    युवा साकोसले लम्पी स्किन रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने भएको हो । सहकारीले भैसि मरेमा ५ हजार र गाई मरेमा ३ हजार प्रदान गरिने छ । एक वर्ष उमेर भन्दा कमका बाच्छा/बाच्छी वा पाडा/पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने निर्णय गरेको छ । 
      
    संस्थाका सदस्यले यदि पशु चौपाय खरिद गर्न चाहेमा ५० हजार रुपैयाँ नगद ऋण सुविधा एक वर्षसम्म विना ब्याज दिने छ । त्यसको साबाको किस्ता भने तीन महिनापछिबाट फिर्ता गर्नु पर्ने संस्था नियम बनाएको छ । 

    सदस्यहरुले राहत लिन र निब्र्याजी रकम लिन चाहानेले संस्थाको नियममा रहेर लिन सक्ने संस्थाले जनाएको छ । 

     


    images
    images

    Logo