images
images

‘ब्रेक शू’ मा लुकाएर ३०२ किलो सुन अवैधरुपमा भित्र्याइएको सीआईबीको दाबी


  • 409
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    ‘ब्रेक शू’ मा लुकाएर ३०२ किलो सुन अवैधरुपमा भित्र्याइएको सीआईबीको दाबी

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ब्रेक शू’ लगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल भन्दा बढी सुन तस्करी भएको दाबी गरेको छ । 

    बुधबार ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउनु अघि आयोजना गरिएकाे पत्रकार सम्मेलनमा  सीआईबी प्रमुख किरण बज्राचार्यले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिइन् । ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ’, बज्राचार्यले भनिन् । 

    उनले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने बताइन् । 

    बज्राचार्यले उक्त प्रकरणमा २३ जना नेपाली र ९ जना विदेशी पक्राउ गरेर अभियोगपत्रसँगै पेस गरिने बताइन् । त्यस्तै अनुसन्धान प्रतिवेदनमा १८ जना प्रतिवादी फरार रहेको जसमा १४ विदेशी र ४ नेपाली रहेको उनले बताइन् । उनले सुन तस्करी प्रकरणमा अहिले भएको अनुसन्धान पूर्ण नभएको भन्दै पुरक अनुसन्धान हुने पनि बताइन् । 

    अनुसन्धानको क्रममा पाँच जना विदेशीको हकमा यो बाहेक अन्य मुद्दा पनि लाग्ने देखिएको बताइन् । उनले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय संलग्नता देखिएको भन्दै यसलाई उच्च प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्नुपर्ने चुनौती देखिएको उल्लेख गरिन् ।

    अनुसन्धानको क्रममा भाषाको पनि समस्या देखिएको बताउँदै बज्राचार्यले चीनियाँ भाषा नबुझेकाले केही समस्या आएको जानकारी दिइन् । सुन तस्करी प्रकरणमा ताइबान, हङ्गकङ्ग, मकाउ र भारतीय नागरिकको संलग्नता देखिएको उनले बताइन् । यो अपराध एकदमै व्यावसायिक र व्यवस्थित रुपमा भएको र डिजिटल पेमेन्ट, चेनब्रेकदेखि धेरै कुरा भएको पाइएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।


    images
    images

    Logo