काठमाडौं । रिलायबल लाइफ इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको ४ करोड कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड २० लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ८० लाख कित्ता अर्थात ७० प्रतिशत समेत गरी ४ करोड कित्ता सुचीकृत भएको हो ।
कम्पनीको शेयर आरएनएलआई सिम्बोलबाट सुचीकृत भएको छ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम १ सय ६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४ सय ८६ रुपैयाँ ८७ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।



