images
images

सिटिजन लाइफ इस्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय


  • 2.0K
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    सिटिजन लाइफ इस्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आईपीओ आगमी २८ गते अथात् विहीबार दिउँसो बाँडफाँड गर्ने भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले भदौ १५ गते शुक्रबारदेखि प्रिमियममा आइपीओ निष्काशन गरेको थियो । कम्पनीको आइपीओमा १५ लाख बढीको आवेदन दिएका छन् । 

    अन्तिम दिनसम्म आईपीओमा १५ लाख १० हजार ६ सय १३ जनाले १ करोड ७५ लाख ६८ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसावमा योग्य आवेदनबाट ९ लाख जनाले शेयर १० कित्ताका दरले हात पार्नेछन् । ६ लाख ८४ हजार ६ सय १३ जनाले शेयर नपाउने भएका छन् । 

    कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

    त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।


    images
    images

    Logo