काठमाडौं । भुजुङ हाइड्रोपावरले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले भदौ १३ गते बोर्डमा आवेदन दिएको हो ।
सो कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको छ । कम्पनीले उक्त आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।