images
images

५२ अंक बढेपछि शेयर बजारमा करेक्सन 


  • 915
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    ५२ अंक बढेपछि शेयर बजारमा करेक्सन 

    काठमाडौं । ५२ अंक बढेपछि शेयर बजारमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजारले मंगलबार भने १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ दशमलव ५७ विन्दुमा पुगेको छ । यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने  ५२ अंकले बढेको थियो । 

    आज कारोबारमा आएको २ सय ७६ स्क्रिपको १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३९ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार ३३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीे शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार शुभम पावरको ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।


    images
    images

    Logo