काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । साताको दोस्रोे दिन नेप्से ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको हो ।
आज नेप्सेमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता शेयर १ अर्ब ५१ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका मध्ये २१२ वटा कम्पनीको शेयरमूल्य बढेको, ११ वटा कम्पनीको घटेको र ५ कम्पनीको स्थिर रहेको छ ।
४ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यसमध्ये ३ वटा हाइड्रोपावर कम्पनी : थ्री स्टार, मेन्छियम र मोलुङ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेका छन् ।
आज सबैभन्दा धेरै रकमको कारोबार साल्ट ट्रेडिङ कम्पनीको भएको छ ।