images
images

हाइड्रोपावरको शेयरमा हकप्रदको बाढी, चार कम्पनीद्वारा ४.३० अर्बको हकप्रद प्रस्ताव


  • 893
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    हाइड्रोपावरको शेयरमा हकप्रदको बाढी, चार कम्पनीद्वारा ४.३० अर्बको हकप्रद प्रस्ताव

    काठमाडौं । ४ जलविद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित धितोपत्र बोर्ड पुगेका छन् । अघिल्लो साता लिबर्टी इनर्जी, ङादी ग्रुप पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी र बरुण हाइड्रोपावरले झण्डै ४ अर्ब ३० करोड रुपैयाँ बराबरका हकप्रद निष्कासनका लागि आवेदन दिएका हुन् । बोर्डले अनुमतिसम्बन्धी प्रारम्भिक प्रक्रिया जाँच गरी उक्त निवेदनलाई पाइपलाइनमा चढाएको छ । 

    त्यसमध्ये लिबर्टीले चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरका ७५ लाख कित्ता हमप्रद जारी गर्न प्रस्ताव गरेको छ । त्यस्तै, शतप्रतिशतले हुन आउने १ अर्ब ८५ करोड रुपैयाँ बराबरका १ करोड ८५ लाख कित्ता, आँखुखोलाले १५० प्रतिशतले हुन आउने १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता तथा वरुणले शत प्रतिशतले हुन आउने ५३ करोड रुपैयाँ बराबरका ५३ लाख कित्ता शेयर जारी गर्न प्रस्ताव गरेको हो ।


    images
    images

    Logo