images
images

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोवार रकम १ अर्ब माथि


  • 727
    SHARES
  • २०८० भाद्र २४ गते आइतबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोवार रकम १ अर्ब माथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञज परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन नेप्से १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको हो । 

    आज नेप्सेमा २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता शेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरमा कारोवार भएको छ । 

    आइतबार कारोवारमा आएका कम्पनीमध्ये १५२ कम्पनीको शेयर मुल्य बढेको, ६६ कम्पनीको शेयर मुल्य घटेको र ९ कम्पनीको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

    आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    images
    images

    Logo