काठमाडौं । सानिमा इक्विटी फण्डले प्रतिइकाइ १.८० रुपैयाँ लाभांश दिने भएको छ । सानिमा क्यापिटलको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले करसहित सो बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यो दरमा वितरण गर्दा सो म्युचुअल फण्डले २३ करोड ४० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।