images
images

स्थानीय तहको निक्षेप गणना बन्न सक्छ बजारको टर्निङ प्वाइन्ट, यी हुन् आधार


  • 610
    SHARES
  • २०८० भाद्र २४ गते आइतबार

    स्थानीय तहको निक्षेप गणना बन्न सक्छ बजारको टर्निङ प्वाइन्ट, यी हुन् आधार

    काठमाडौं । शेयर बजार अहिले १९ सयको तल्लो स्तरमा छ । देशको आर्थिक अवस्था, लगानीको वातावरण तथा नियामक निकाय पुँजी बजारप्रति उदार नहुँदा यो क्षेत्र अपेक्षित रुपमा सुधार हुन सकिरहेको छैन ।

    अहिले बजार घट्दा बजार पुँजीकरण २९ खर्ब रुपैयाँभन्दा तल झरिसकेको छ । कुनै समय ४४ खर्ब रुपैयाँ पुगेको बजारमा अहिले लगानीकर्ताहरुले झण्डै १५ खर्ब रुपैयाँ गुमाइसकेका छन् । 

    यो साता भने पुँजी बजारका लागि केही राहत पाउने संकेत देखिएको छ । वाणिज्य बैंकमा निक्षेपको रुपमा रहेको स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था लागु भएमा बजारमा ऋणको सहजता तथा निक्षेप तथा ब्याजदर वृद्धि तत्कालका लागि नहुने अवस्था छ । 

    संघीय सरकारले स्थानीय तहहरुलाई समय समयमा राजश्व बाँडफाँट तथा अन्य अनुदानको रकम पठाउँछ । पहिलोपटक भदौ २ गते यस्तो रकम पठाउने व्यवस्था छ । त्यसबाहेक स्थानीय आन्तरिक स्रोतबाट समेत प्राप्त रकम वाणिज्य बैंकमा जम्मा हुने गरेको छ । 

    अहिले लाभांश घोषणाको सिजन नजिकिँदै छ । सूचीकृत कम्पनीहरु लेखापरीक्षण प्रतिवेदन नियामक निकायमा पेश गरिरहेका छन् । चाडपर्व नजिकिएसँगै बजार चलायमान समेत बन्दै गएको छ । यो अवस्थामा लगानीकर्तामा दिइने एउटा सकाररात्मक सन्देशले समेत बजारमा ठूलो सुधार ल्याउनसक्ने जानकारहरु बताउँछन् । 

    यो व्यवस्था लागु भए बैंकहरुमा तत्काल करिब ४० अर्ब रुपैयाँ निक्षेपको रुपमा थप हुनेछ । यसले सीडी रेसियो निकै खुकुलो बनाउनेछ । अर्थ मन्त्रालयले यसबारे राष्ट्र बैंकलाई पत्र लेखेको बताइए पनि राष्ट्र बैंकले आधिकारिक रुपमा सर्कुलर भने गरेको छैन ।


    images
    images

    Logo