काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९२ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २ सय ७६ स्क्रिपको १ अर्ब १५ करोड रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने बढेर बन्द भएको छ । मंगलबार ७० करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज कारोबारमा आएका २१ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै लिवर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सोल्टी होटलको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा शुवभ पावर कम्पनी रहेको छ । त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको ७.४६ प्रतिशतले बढेको छ भने इङवा हाइड्रोपावरको ४.५५ प्रतिशतले बढेको छ ।



