images
images

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता ५० रुपैयाँ मात्र


  • 1.0K
    SHARES
  • २०८० भाद्र २१ गते बिहीबार

    सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता ५० रुपैयाँ मात्र

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता, कर्मचारीहरुका लागि ५८ हजार ५ सय कित्ता र १ लाख ४६ हजार २ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    त्यस्तै, अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

    कम्पनीको आईपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम  १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ४ गते हुनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo