काठमाडौं । मंगलबार नेप्से घटेर बन्द भएको छ । सोमबार बढेर बन्द भएको नेप्से आइतबार भने घटेर बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४५ अंकले घटेर १ हजार ९ सय ६१ दशमलव २७ विन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएको २ सय ७७ स्क्रिपको ७९ करोड ६८ लाख रुपैयाँ बराबरको २४ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
सो दिन ७१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५१ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ । १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ५८ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । त्यस्तै, साल्ट ट्रेडिङको २ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको २ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको २ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा एनएमबि माइक्रोफाइनान्स रहेको छ । नेरुडे लघुवित्तको ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, इङ्गवा हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।



